नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन, को कहाँ ?

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन, को कहाँ ?



काठमाडौं ।  हालै बढुवा भएका नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको बुधबार पदस्थापन भएको छ ।

डीआईजी विष्णुकुमार केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ । भरतबहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा पदस्थापन गरिएको छ भने रविन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा पदस्थापन गरिएको हो । राजेशनाथ बास्तोलालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदस्थापन गरिएको छ भने चन्द्रकुवेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

को कहाँ ?

बिष्णुकुमार केसी – नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल

भरतबहादुर बोहरा – सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली

रविन्द्र केसी – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज

राजेशनाथ बास्तोला– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर

चन्द्रकुवेर खापुङ– अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं

जनक भट्टराई – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा

लालमणि आचार्य– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं

सुरेन्द्रप्रसाद मैनाली– अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं

अर्जुनचन्द ठकुरी– साइबर ब्यूरो भोटाहिटी काठमाडौं

यज्ञविनोद पोखरेल– केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौं

विकासराज खनाल– नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग निर्देशनालय, नक्साल काठमाडौं

कुवेर कडायत – प्रहरी महानिरीक्षकको सचिवालय

केदार ढकाल – प्रबन्धन निर्देशनालय