कुवेतद्वारा हङकङलाई २७३ रनको लक्ष्य

कुवेतद्वारा हङकङलाई २७३ रनको लक्ष्य



काठमाडौं । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत कुवेतले हङकङलाई २७३ रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७२ रन बनायो ।

जसमा सिराज खानले ६७, उसमान पटेलले ५० रन बनाए ।

हङकङका इशान खानले ३ विकेट लिए । हङकङ दोस्रो तथा कुबेत तेस्रो स्थानमा छन् । आजको विजेता सेमिफाइनलमा पुग्नेछ ।

यो समूहबाट युएई भने सेमिफाइनलमा पुगिसकेको छ ।