अर्थमन्त्री र जर्मनीका राजदूतबीच स्वच्छ उर्जा, प्रसारण लाइन बनाउन छलफल

अर्थमन्त्री र जर्मनीका राजदूतबीच स्वच्छ उर्जा, प्रसारण लाइन बनाउन छलफल



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतसंग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गरेका छन् ।

भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताए । साथै उनले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराए । अर्थ मन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्राउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।