केन्यामा धार्मिक गुरुको उक्साहटमा भोकै बस्दा मृत्यु हुनेको संख्या सय नाघ्यो

केन्यामा धार्मिक गुरुको उक्साहटमा भोकै बस्दा मृत्यु हुनेको संख्या सय नाघ्यो


ग्लोब नेपाल
81
Shares

केन्यामा एक धार्मिक गुरुको उक्साहटमा भोकभोकै बसी ज्यान गुमाउने संख्या एक सय नाघेको छ । केन्या रेडक्रसका अनुसार मर्नेहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । करिब तीन सय केन्यालीहरु उक्त क्षेत्रमा अझै हराइरहेको भनिएको छ ।

भोकै बसेर ज्यान गुमाउनेहरु सबै गुड न्यूज चर्चका सदस्य भएको खुल्नमा आएको छ । ती धार्मिक गुरु प्याट्रिक म्याकेन्जीले आफ्ना अनुयायीहरुलाई भोकै बसी मरे मात्र भगवानलाई भेट्न सकिने भनी उक्साएका थिए ।

केन्याका राष्ट्रपति रुटोले म्याकेन्जीलाई एक अपराधी र आतंकवादीको संज्ञा दिएका छन् । यस घटनाले सम्पूर्ण केन्यालीहरुलाई स्तब्ध बनाएको छ भने त्यहाँको सरकारप्रति आक्रोश पनि बढेको छ ।

केन्यालीकाअनुसार सरकारले त्यहाँ अवस्थित चर्चहरु र तिनीहरुको गतिविधीलाई सही तरिकाले नियमन नगरेकोले यस किसिमका घटनाहरु दोहोरिन सक्ने बताएका छन् ।