एसीसी प्रिमियर कप : नेपाललाई छैटौँ सफलता

एसीसी प्रिमियर कप : नेपाललाई छैटौँ सफलता



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध फाइनल खेल खेलिरहेको नेपालका गुल्सन झाले बसिल हमिदलाई आउट गरेसँगै छैटौँ सफलता हात लागेको हो ।

नेपालका लागि करण केसीले दुई र सोमपाल कामी, ललित राजवंशसी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक एक विकेट लिएका छन् । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २४ ओभरको समाप्तिमा ६ विकेटको गुमाएर ९६ नर जोडेको छ ।