नेपाल र यूएईको फाइनल खेल फेरि वर्षाले रोकियो

नेपाल र यूएईको फाइनल खेल फेरि वर्षाले रोकियो



काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल दोस्रो पटक रोकिएको हो ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।