नेपाल क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

नेपाल क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री खेलाडीहरुलाई शुभकामना दिँदै भनेका छन्, ‘एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरुलाई हौसला बढाउन खेल मैदान पुगेका थिए। साथै, जितपश्चात् उनले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुहुँदै जितको खुसी साटेका थिए ।

उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट (युएई) लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।