अमेरिकाको एक गाउँमा ७ किशोरीको शव फेला

अमेरिकाको एक गाउँमा ७ किशोरीको शव फेला



अमेरिकाको ओक्लोहामा राज्यको एउटा गाउँमा बेपत्ता दुई किशोरीको खोजीका क्रममा सातवटा शव फेला परेका छन् ।

लामो समयदेखि बेपत्ता रहेका १४ र १६ वर्षीया किशोरीहरुको खोजीका क्रममा ७ जनाको शव फेला परेको हो । जसमा बेपत्ता भएका एक किशोरीका शव पनि रहेको छ ।

ती शवहरु एकै परिवारका तीन दिदीबहिनीको रहेको पनि खुलासा भएको छ । ती युवतीहरु केही समय अघि यौन अपराधीको रुपमा परिचित सोही स्थानका जेसी म्याकफडेन नामका ब्यक्तिसँग हिडिरहेको खुलासा भएको छ ।

उनले यसअघि पनि एक नाबालिकलाई अश्लिल फोटो खिच्न आग्रह गरेको अनुसन्धानबाट खुलेको छ ।

संदिग्ध अपराधीले बलात्कारपछि उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । फरार रहेका ती ब्यक्तिको ब्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।