६ जना क्रिकेटरलाई नेपाल प्रहरीको सम्मान

६ जना क्रिकेटरलाई नेपाल प्रहरीको सम्मान



काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने नेपाल प्रहरीका ६ जनालाई सम्मान गरेको छ ।

बुधबार नेपाल प्रहरीका खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन् ।

एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झालाई सम्मान गरिएको हो ।

उनीहरूलाई बधाई दिँदै महानिरीक्षक कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।