लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्सलाई २–१ ले पराजित गरेको हो ।
खेलको १९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाए । २७ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा लिड्सका रोड्रिगो मोरेनोले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि सिटी २–१ ले विजयी भयो ।
जितसँगै सिटीले शीर्षस्थानमा स्पष्ट ४ अंकले अग्रता लिँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । ३४ खेलबाट ८२ अंक जोडेको सिटी शीर्षस्थानमा रहँदा ७८ अंकसहितको आर्सनल दोस्रो स्थानमा छ । पराजित लिड्स ३५ खेलबाट ३० अंक जोडेर १७ औं स्थानमा छ ।
प्रतिक्रिया