एन्फाको आकस्मिक बैठक बस्दै

एन्फाको आकस्मिक बैठक बस्दै



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ ।

एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो । एन्फाका महासचिव किरण राईले सोमबार आकस्मिक बैठक बोलाएको जानकारी दिए । उनले भने, ‘सोमबार एन्फाको कार्यसमिति बैठक बस्ने भएको छ । आफ्ना सबै सदस्यहरूलाई आकस्मिक बैठकको लागि पत्र पठाइसकेको छ ।’

यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गरेका थिए । एजेण्डैमा समावेश नगरेपछि विवाद भइरहेको बेला अध्यक्ष पंकज नेम्वाङ पक्षका कार्यसमिति सदस्य पुरुषोत्तम थापाले टेबल उचालेर पछार्दा सिसा फुटेपछि विवादले उग्र रूप लिएको थियो ।