काठमाडौँ महानगरले आजदेखि अव्यवस्थित तार हटाउने

काठमाडौँ महानगरले आजदेखि अव्यवस्थित तार हटाउने


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन गरिने भएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

काठमाडौँ महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिनको समय दिएर गएको वैशाख ११ गते सार्वजनिक सूचना निकालेको थियो । पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने तयारी छ ।