काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भन्नेबारे निर्णय लिने बताए ।


प्रतिक्रिया