धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह आफ्नै कोठामा मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । डा. शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उक्त घटना अनुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको छ ।
चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेस गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि केसी शनिबार बिहान आफैँ प्रहरी कार्यालय पुगेका थिए । उक्त जाहेरी दर्ताको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया