सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नागरिक उन्मुक्ति सरकारमा गएन


ग्लोब नेपाल
54
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार अपराह्न प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका छन् ।

नागरिक उन्मुक्ति सरकारमा गएन
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएन । आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भए पनि अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको सो पार्टीले जनाएको छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् ।