‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै


ग्लोब नेपाल
54
Shares

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन्। जसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ। सो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको एपीएफ, आज सातौं जितको योजनामा हुनेछ। त्यसैगरी, १९ खेलमा २३ अंक जोडेको मनाङ मर्स्याङ्दी छैटौँ जितको लागि खेल्नेछ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ। जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने संकटा १९ खेलमा २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १९ खेलमा २३ अंक जोडेर नवौं स्थानमा रहेको छ भने मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।