राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला विभाग प्रमुख तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का प्रचार प्रसार उपसमिति उपसंयोजक पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ तथा चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्य तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का क्युरेटर प्रदिप शाक्य, प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी, चन्द्रकुमार राई लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘डिस्प्लेको काम भइरहेको छ । १४ गतेसम्म पूरा गर्छौँ । यस वर्षको प्रदर्शनी प्रतिष्ठानसँगै नेपाल कला परिषद्, बबरमहलमा पनि हुनेछ ।’ उनले प्रदर्शनीको अवधिमा १० भन्दा बढी विषयगत छलफल तथा अन्तरक्रिया पनि हुने जानकारी दिए ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामाले विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको जानकारी दिए । उनले भने, ‘कलाकृतिको छनोट, मूल्यांकनसँगै क्याटलग प्रकाशन र डिस्प्लेको काम अन्तिम चरणमा छ । यसपटक कुनै गल्ती नहोस् भनेर हामीले दोहो¥याइ, तेहे¥याइ हेरेका छौं । यस प्रदर्शनी राष्ट्र, राष्ट्रियता र नेपाली कलाको विषयमा होस् भनेर हामी चनाखो भएका छौं ।’ लामाले प्रदर्शनीको विगतको अनुभव सुनाउँदै प्रतियोगिताले प्रतियोगीलाई हरेक साल परिस्कृत बनाउँदै लगेको आफूले पाएको बताए ।