मनाङ र एपीएफले बराबरी खेले, मच्छिन्द्रले एनआरटीलाई हरायाे

मनाङ र एपीएफले बराबरी खेले, मच्छिन्द्रले एनआरटीलाई हरायाे



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टाेली सशस्त्र प्रहरीकाे एपीएफ क्लबले बराबरी खेलेका छन् ।

आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र एपीएफले २–२ गाेलकाे बराबरी खेले । मनाङका लागि काेफी कुडाे र सुमित श्रेष्ठले गाेल गरे । एपीएफका लागि नवीन लामा र अर्मान्ड बिडाेमले गाेल गरे ।

याे बराबरीसँगै मनाङ २० खेलमा २४ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ । एपीएफ उति नै खेलमा २३ अङ्कसहित दशाैँ स्थानमा छ ।

आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा मच्छिन्द्र फुटबल क्लबले न्युराेड टिम (एनआरटी) लाई २–० गाेलले हरायाे । मच्छिन्द्रका लागि आफिज ओलावाले र सौरभ लिम्बुले गाेल गरे ।

याे जितसँगै मच्छिन्द्र तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । मच्छिन्द्रकाे २० खेलमा ३४ अङ्क छ । एनआरटी उति नै खेलमा २३ अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ ।