कामीरिता शेर्पा २८औं पटक सगरमाथाको शिखरमा

कामीरिता शेर्पा २८औं पटक सगरमाथाको शिखरमा



काठमाडौं । सोलुखुम्बुका कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको शिखरमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

यो सिजनमा उनले दोस्रोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी यही जेठ ३ गते २७औं पटक आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेका थिए ।

कामीरिता सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका थिए । २८औं पटक सगरमाथाको आरोहण गरेसँगै उनले नयाँ कीर्तिमान बनाएका छन् । उनी सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने व्यक्ति हुन् । उनीपछि पासाङ दावा शेर्पा छन् । उनले पनि २७ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । उनले यसअघि कामीरिताको कीर्तिमानसँग बराबरी गरेका थिए ।