काभा भलिबलमा बंगलादेशमाथि नेपालको सहज जित

काभा भलिबलमा बंगलादेशमाथि नेपालको सहज जित



काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो ।

पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ ।

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।

कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ ।