खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित

खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुछारमा रहेको एफसी खुमलटारले उपाधि दाबेदार सातदोबाटो युथ क्लबलाई हराएको छ ।

आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा खुमलटारले सातदोबाटोलाई १–० गोलले हरायो । जितपछि पनि खुमलटार २१ अङ्कसहित ‘रेलिगेशन जाेन’ मै छ । सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १–० गोलले नै हरायो । जितसँगै पुलिस २५ अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ । २६ अङ्क भएको थ्री स्टार छैटाैँ स्थानमा छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली ‘रेलिगेशन जाेन’ मा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।