कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन् । सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन् ।

यसअघि आजै लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले त्रिभुवन विमानस्थलमा झाँकीसहित स्वागत गरेका थिए ।