बजेटबारे मन्त्रिपरिषद्लाई ब्रिफिङ गर्दै अर्थमन्त्री महत

बजेटबारे मन्त्रिपरिषद्लाई ब्रिफिङ गर्दै अर्थमन्त्री महत


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले मन्त्रिपरिषद्का सदस्यहरूलाई बजेट निर्माणका सन्दर्भमा ब्रिफिङ गर्दैछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार(आज) बिहान ८:३० बजे बोलाइएको बैठकमा अर्थमन्त्री महतले ब्रिफिङ गर्न लागेका हुन् ।

ब्रिफिङ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ९:३० बजे शपथग्रहण समारोहका लागि शीतल निवास जानेछन् भने ११ बजे प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेछन् ।