उल्टियो बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्ध विच्छेद

उल्टियो बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्ध विच्छेद


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । बिनु यादव र प्रदीप कठायतबीच रामेछाप जिल्ला अदालतले गराएको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ । न्यायाधीशद्वय सुभाष पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद हुने जिल्ला अदालतको फैसला मङ्गलवार उल्टाएको हो ।

उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीका अनुसार मुद्दाको फैसलाको पूर्णपाठ आएको छैन । जिल्लाबाट अंशसम्बन्धी र सम्बन्ध विच्छेद हुने फैसला भएको भने इजलासबाट उल्टाइएको शाहीले जानकारी दिइन् । जिल्ला अदालतले यादवलाई भराउन लगाएको मानाचामल भने सदर गरेको छ ।

०७९ असार १३ गते दर्ता भएको पुनरावेदन उच्च अदालतले पेसीका लागि नतोकेको भन्दै यादव दुई हप्तादेखि अनशनमा छिन् ।