रुकुम पश्चिममा जिप दुर्घटना: सुत्केरी आमा र बच्चासहित पाँचको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना: सुत्केरी आमा र बच्चासहित पाँचको मृत्यु


ग्लोब नेपाल
108
Shares

काठमाडौं । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । सानी भेरी गाउँपालिकादेखि रुकुम पश्चिमको खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरी धारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ ।

मृत्यु हुनेमा मृतकको सानो भेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया शीतला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलङ्गा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए। घटना स्थलमा पानी परिरहेकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।