काभा महिला च्यालेन्ज कप : नेपाल फाइनल पुग्न असफल

काभा महिला च्यालेन्ज कप : नेपाल फाइनल पुग्न असफल



काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा साविक विजेता नेपालको चुनौती सेमिफाइनलबाटै समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) परिसरमा रहेको कभर्डहलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा काजकिस्तानसंग ३–२ को सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाल पाचौं तथा निर्णायक खेलमा काजकिस्तानसंग १५–७ ले पराजित भएको थियो ।

त्यसअघि पहिलो सेट २८–३० ले हारेको नेपालले दोस्रो सेट २५–१६ र तेस्रो २५–१५ जितेको थियो । तर, चौथो सेट काजकिस्तानले २५–१८ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।