ए डिभिजन लिग : मनाङले थ्री स्टारलाई हरायो

ए डिभिजन लिग : मनाङले थ्री स्टारलाई हरायो



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्समा आइतबार मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

मनाङको जितमा चेतन कुमार थारुले निर्णायक गोल गरे । चेतनले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

मनाङले ७ खेल बराबरी खेलेपछि पहिलो जित निकालेको हो । मनाङको यो छैटौं जित हो । मनाङले २२ खेलमा २८ अंक जोडेको छ ।

थ्री स्टारले २२ खेलमा २६ अंक जोडेको छ ।