काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित निकालेको छ ।
च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो । एनआरटीको निकोलस सङ र सनम लिम्बुले एक एक गोल गरे ।
एनआरटीका शिव सुवेदीले एक गोल फर्काए । खेलको ६३ औं मिनेटमा निकोलसले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा सनमले गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिवले गोल गरेपनि एनआरटी २-१ ले विजयी भयो ।
एनआरटीको यो सातौं जित हो । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


प्रतिक्रिया