बेलारुसका आप्राबासी पोल्याण्डको सीमामा अलपत्र

बेलारुसका आप्राबासी पोल्याण्डको सीमामा अलपत्र


ग्लोब नेपाल
54
Shares

बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका सीमामा फसेका छन् ।

मानव अधिकार कार्यकर्ताहरुका अनुसार बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले पनि फिर्ता हुन अनुमती नदिएपछी सीमामा फसेका हुन ।

बिगत ३ दिनदेखि फसेका आप्राबासीहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । गत वर्ष पोल्याण्डले आफ्नो देशमा शरण लिनेको संख्या बढेपछी आफनो सीमानामा १सय ९० किलोमिटर लामो पर्खाल लगाएको थियो ।

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले युरोपेली संघले लगाएको प्रतिबन्धका कारण आफ्ना जनता शरणार्थीको रुपमा पोल्याण्ड प्रवेश गरेको भन्दै त्यसमा आफ्नो कुनै दोष नरहेको बताउनु भएको छ ।