रेशमलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ : गगन थापा

रेशमलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ : गगन थापा


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णयकाे विरोध गरेका छन् ।

ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अदालतले गरेको फैसलाको पूर्ण पाठ नै नआउँदै माफी दिनु अदालतमाथिको बलमिच्याइँ भएको बताएका हुन् ।

महामन्त्री थापाले भने, “अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनी बन्दोबस्त छ । त्यो कानुनको प्रबन्ध भन्दा बाहिर कोहीपनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो निर्णय गरिदियो । राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो । यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुनको शासन मात्रै हुन्छ ।”

महामन्त्री थापाले दलका नेताहरूलाई जे लाग्यो त्यो गर्दै जाने व्यवस्था लोकतान्त्रिक व्यवस्था नहुने बताए ।

“आज हामीलाई सरकार चलाउने कुरामा केही सजिलो गाह्रो भयो भनेर प्रचलिन कानुनलाई मिचेर थिचेर, बलमिच्याँइ गरेर दादागिरी देखाएर हामी कुनै एउटा निर्णय गर्छौ,” थापाले भने, “अदालतको पूर्णपाठ आएको छैन, हामी हतारहतार निर्णय गर्छौ भने त्यसको अर्थ के हो, अदालतलाई हामीले हेपेको हो । हामीले बलमिच्याइ गर्‍यौँ । हामीले के भन्यौ भने हामीले जे गरे पनि हुन्छ । अप्ठेरो परेका बेला हामी यस्तो कुरामा चल्छोैँ ।”

उनले विधिको शासन मान्ने भन्दै अहिलेको नेतृत्वले कांग्रेसको शाख बचाउन नसकेको बताए ।