आज नेपाल र मलेसिया भिड्दै

आज नेपाल र मलेसिया भिड्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ। नेपालले दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज घरेलु टोली मलेसियासँग भिड्ने भएको छ । खेल बांगीमा नेपाली समय अनुसार बिहान ८ ४५ मा सुरु हुनेछ । पहिलो खेल पाँच विकेटले गुमाएको नेपाल पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० ले पछि छ ।

नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

नेपालको टोली :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरीलगायत रहेका छन् ।