राष्ट्रपतिको उम्मेदवार बन्न ट्रम्पलाई एकपछि अर्को टक्कर

राष्ट्रपतिको उम्मेदवार बन्न ट्रम्पलाई एकपछि अर्को टक्कर



अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीबाट उम्मेदवार बन्नेहरुको लर्को लागेको छ ।

ह्वाइट हाउसको मनोनयनको दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को दावेदारी पेस गरिररहेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिँदै उनकै कार्यकालका उपराष्ट्रपति माइक पेन्सले पनि उम्मेदवारी घोषणा गर्दैछन् ।

यसैगरी, न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी पनि अर्को हप्ता उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । रिपब्लीकन पार्टीको आधिकारिक उम्मेदवारले अर्को वर्ष नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट राष्ट्रपति जो बाइडेनलाई चुनौती दिनेछन् ।

डेमोक्रेटबाट बाइडेन नैं उम्मेदवार बन्ने लगभग पक्का छ । रिपब्लीकनबाट यसअघि रोन डिस्यान्टीस, टिम स्कट, निक्की हेली, विवेक रामास्वामी, ल्यारी एल्डर लगायत झण्डै एक दर्जन नेताहरु उम्मेदवार बन्ने दौडमा छन् ।