एलन मास्क फेरि बिश्वकै धनी ब्यक्ति

एलन मास्क फेरि बिश्वकै धनी ब्यक्ति


ग्लोब नेपाल
270
Shares

न्युयोर्क । एलन मास्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै बिश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन ।  पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढदा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको को शेयर २.७ प्रतिशतले घट्न पुगेको थियाे । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएकाे छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहदैँ थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।

अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जाे सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टले एलभीएएच नामक कम्पनि छ, जसका विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महंगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।

ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घटन पुगेकाे छ। जसकाकारणा उनकाे अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घटन पुगेकाे थियाे । 

 अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। अहिले बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरकाे नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ  तर पनि यो वर्ष मात्रै उनको सम्पत्ति २४.५ अर्ब डलरले बढन पुगेको छ ।

पुन: विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलोन मस्कको कुल सम्पत्ति १.९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५.३ अर्ब डलरले बृद्धी भएको छ ।