पुलिससँग एनआरटी पराजित

पुलिससँग एनआरटी पराजित



काठमाडौं । घानाका फरवार्ड मोसेस ग्यवाको गोलमा नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई पराजित गर्दै पुलिस ३४ अंकका साथ लिग तालिकाको चौथो स्थानमा कायम छ । उसले पाँचौंमा रहेको आर्मीलाई ४ अंकले पछि पारेको छ ।

खेलको ७६ औं मिनेटमा मोसेसले गरेको गोल नै पुलिसका लागि निर्णायक बन्यो । हारपछि एनआरटी भने २३ खेलमा ७ जित, ८ बराबरी र ८ हारसहित २९ अंकका साथ आठौं स्थानमा छ ।