ए डिभिजन लिग : फ्रेन्ड्स र हिमालयन शेर्पाले अंक बाँडे

ए डिभिजन लिग : फ्रेन्ड्स र हिमालयन शेर्पाले अंक बाँडे



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।

ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेल बराबरीले फ्रेन्ड्सलाई रेलिगेसन संघर्ष झन् कठिन बनेको छ । २३ खेलमा ६ जित ७ बराबरी र १० हारसहित २५ अंकको साथमा फ्रेण्डस क्लब पुछारबाट दोस्रो स्थानमा छ ।

हिमालयन शेर्पा भने ३० अंकका साथमा छैटौं स्थानमा उक्लिएको छ । उसले २३ खेलमा ७ जित, ९ बराबरी र ७ हार व्यहोरेको छ ।