मेस्सीले पीएसजी छाड्ने पक्का

मेस्सीले पीएसजी छाड्ने पक्का



काठमाडौं । विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने पक्का भएको छ ।

मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएका बीबीसीले जनाएको छ ।

मेस्सी जस्तो फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएकोमा आफू धेरै खुसी रहेको पनि उनले बताएका छन् । मेस्सीले पीएसजीका लागि अन्तिम खेल आउँदो आइतवार पार्क डि प्रिन्सेस मैदानमा खेल्नेछन् । पीएसजी छाडेर मेस्सी कहाँ लागेका हुन भन्ने खुलेको छैन ।

सन् २०२१ को अगस्टमा मेस्सी पीएसजीमा आबद्ध भएका थिए ।