अभियुक्तहरुको बयान सकियो, आइतबारबाट थुनछेक बहस

अभियुक्तहरुको बयान सकियो, आइतबारबाट थुनछेक बहस



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको बयान सकिएकाे छ । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको बयान सकिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो ।

अब आइतबारबाट थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।