सोविता गौतमले गरिन् प्रेमी गृहेन्द्रसँग विवाह

सोविता गौतमले गरिन् प्रेमी गृहेन्द्रसँग विवाह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र गृहेन्द्र घिमिरेकाे विवाह भएकाे छ ।

स्रोतका अनुसार माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पारिवारिक रूपमा नजिक छन् । सोविताकाे पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोविताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता वैवाहिक विधि पूरा गरिएको हो ।

विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केहि दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । २८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं-२ बाट विजयी भएकी हुन् । उनले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आएकी छन् । उनी कानूनकी विद्यार्थी हुन् ।

गृहेन्द्र गृष्मा ब्रोडकास्टिङ संचालन गर्छन्। उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् ।