करिम बेन्जिमाले छाडे रियल मड्रिड

करिम बेन्जिमाले छाडे रियल मड्रिड



काठमाडौं । फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् । रियल मड्रिडले एक विज्ञप्ति निकालेर दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको छ ।

बेन्जिमा २१ वर्षको उमेरमा सन् २००९ मा रियल आएका थिए ।

उनले खेलेको समयमा रियलले २५ वटा उपाधि जितेका छ । युरोपियन कप र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् ।

बालोन डिओर विजेता र युईएफए प्लेयर अफ द इअरसमेत रहेका उनले रियलका लागि खेलेका ६४७ खलमा ३५३ गोल गरेका छन् ।

उनी रियलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उनी भन्दा अघि रहेका क्रिस्टियानो रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् ।