पाल्पाको सत्यवतीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते

पाल्पाको सत्यवतीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते



पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटना ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ । उनीहरुको पहिचान भने खुलेको छैन ।

लु १ च ९०२४ नम्बरको डबल क्याब जिप सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गर्दा ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ । बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उद्धार थालेका थिए । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ ।