बजेट यथार्थपरक र सन्तुलित छ : पूर्वअर्थमन्त्री कार्की

बजेट यथार्थपरक र सन्तुलित छ : पूर्वअर्थमन्त्री कार्की



काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, सन्तुलित र ‘ग्राउन्ड रियालिटी’मा उभिएको बताएका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको क्रममा बोल्दै उनले भने, “यो बजेट ग्राउन्ड रियालिटीमा उभिएको बजेट छ । यथार्थपरक छ । सन्तुलित छ ।”

यो सरकार निर्माण भएपछि ल्याएको पहिलो बजेट भएको भन्दै बजेटले आगामी पाँच वर्षको मार्गचित्र निर्धारण गरेको उनले बताए ।

“आगामी पाँच वर्षमा मुलुक कहाँ पुग्छ ? त्यसको बारेमा बजेटले तस्बिर प्रस्तुत गरेको छ,” उनले भने ।

बजेटले नेपाली नागरिकको भरोसालाई वृद्धि गरेको कार्कीले दाबी पनि गरे । चरम निराशामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाएको समेत उनले बताए ।

बजेटले विशेष गरेर कृषि, ऊर्जा र पर्यटनलाई महत्व दिएको बताए । उनले आईटी र कम्प्युटर साइन्सको विकासमा पनि ध्यान दिन अर्थमन्त्री र सरकारको ध्यानाकर्षण समेत गरे ।