सरकारी वकिलको बहस सकियो, जाहेरवालातर्फको सुरु

सरकारी वकिलको बहस सकियो, जाहेरवालातर्फको सुरु



काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा मंगलबार सरकारी वकिलको बहस सकिएको छ । अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट सातजनाले बहस गरेका हुन् ।

गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । अब जाहेरवालाका तर्फबाट बहस सुरु भएको छ ।

पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले यही जेठ ३० गतेसम्म बहस गर्नेछन् । न्यायाधीश प्रेसप्रसाद न्यौपानेले उनीहरूलाई आउँदो मंगलबारसम्म बहस गर्ने समय तोकेका छन् ।

जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएमा उक्त दिन नै थुनछेक आदेश आउनेछ । त्यसक्रममा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।

यस प्रकरणमा पूर्व मन्त्रीद्धय टोपबहादर रायमाझी र बालकृष्ण खाँण, पुर्व सांसद् आङटावा शेर्पा, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायतका ३२ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ ।