प्रतिनिधि सभामा बजेटमाथिको छलफल आज पनि

प्रतिनिधि सभामा बजेटमाथिको छलफल आज पनि


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ । बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो । सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ ।