मेयर शाहकाे बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

मेयर शाहकाे बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत



काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे बेल्जियम भ्रमणलाई स्वीकृत गरेकाे छ ।

बुधवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मेयर शाहलाई बेल्जियमकाे ब्रसेल्समा आयाेजना हुने कार्यक्रममा सहभागी हुन जान दिने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मेयर शाह आउँदाे जेठ २९ देखि ३२ गतेसम्म ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कंग्रेस र अर्बन समिटमा भाग लिन जान लागेका हुन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेस गर्नेलगायतका निर्णय पनि गरेको छ ।