ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावरमा रोजगार विभागको छापा

ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावरमा रोजगार विभागको छापा



काठमाडौं । ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । वैदेशिक रोजगारीमा जान चाहनेहरू सयौँ युवालाई भेला गरेर अवैध रुपमा अन्तरवार्ता लिइरहेको उजुरीका आधारमा विभागको टोलीले बुधबार छापा मारेको हो ।

बखुन्डोलस्थित मेनपावरको कार्यालयमा कतार र मलेसिया लैजाने भन्दै अन्तरवार्ता भइरहेको थियो । तर, उनीहरुले एक कम्पनी भनेर अर्को अर्को कम्पनीका लागि अन्तरवार्ता लिएको तथा फ्री भिसा फ्री टिकट हुनुपर्नेमा लाखौँ रुपैयाँ असुल्ने योजना बनाएको विभागको भनाइ छ ।

विभागले प्रक्रिया पुरा गरेर छापा मार्दै मेनपावरका केही कागजात नियन्त्रणमा लिएको छ । विभागको टोली मेनपावरमा पुगेपछि अवैध कार्य गर्नेहरुको भागाभाग भएको छ ।