विनोद चौधरी बोलिरहँदा एमाले सांसदको नियमापत्ति

विनोद चौधरी बोलिरहँदा एमाले सांसदको नियमापत्ति



काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरी संसदमा बोलिरहँदा नेकपा एमालेका सांसदले नियमापत्ति गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै चौधरीले ‘जब पर्यो राति, अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए ।

त्यसपश्चात् एमाले महिला सांसदहरूले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भएकाे भन्दै ‘जब पर्यो राति, अनि बुढी ताती’ भन्ने शब्दावली संसदकाे रेकर्डबाट हटाउन माग गरे ।

उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।