काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहन सफल भएको छ ।
शुक्रबार भएको अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै विभागीय टिम पुलिस क्बल लिगमा तेस्रो बन्न सफल भएको हो ।
ललितपुरको च्यासलस्थित मैदानमा भएको खेलमा पुलिसका लागि अहमद हिजाजीले गरेको गोल नै निर्णायक बन्यो । पुलिसले खेलको २१औँ मिनेटमा हिजाजीको गोलबाट अग्रता लिएको थियो ।
पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउँदै पुलिसले सातदोबाटोमाथि जित निकालेको हो । पुलिसले लिगमा २६ खेलबाट ४१ अंक जोडेर तेस्रो बन्यो ।
पराजित सातदोबाटोले हारबाट सिजनको अन्त्य गर्दै २६ खेलबाट ३५ अंक जोड्यो ।
प्रतिक्रिया