प्रधानमन्त्रीद्वारा पशुपति क्षेत्रको निरिक्षण अवलोकन

प्रधानमन्त्रीद्वारा पशुपति क्षेत्रको निरिक्षण अवलोकन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरिक्षण अवलोकन निरिक्षण गरेका छन् ।

सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरेका थिए । उनलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए । उक्त निरिक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी थिए ।