त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्याे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्याे



काठमाडौं । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आइतबार बिहान लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।

विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको प्रहरीले जानकारी दिएकाे छ ।

लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।
प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको छ ।