साबित्रा भण्डारीले इजरायली क्लबबाट व्यावसायिक फुटबल खेल्ने

साबित्रा भण्डारीले इजरायली क्लबबाट व्यावसायिक फुटबल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा)ले आगामी सिजन इजरायलको क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकी छन् ।

इजरायली क्लब हापोइल रानान महिला फुटबल क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रालाई टिममा अनुबन्ध गरेको जनाएको हो ।

“हेन्ड्रीमा स्वागत छ सावित्रा । लामो समयको निरन्तर छलफलपछि प्रभावशाली नेपालीसँग आधिकारिक सम्झौता भएको छ,” सावित्रासँग सम्झौता गरेपछि रानानले सामाजिक सञ्जालमा लेखेको छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसकेकी छन् । यो सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बनेकी थिइन् ।